नाइन ए साइड फुटबल : चंडेसोरी ट्रान्पोट र जेवाइबिसी विजयी

  शनिबार १०, चैत २०८० २१:२७

धनगढी । धनगढीमा जारी नाइन ए साइड खुल्ला फुटबलमा प्रतियोगितामा चंडेसोरी ट्रान्पोट र जेवाइबिसी क्लब विजयी भएका छन् । 

प्रतियोगितामा चंडेसोरी ट्रान्पोटले स्टार ग्यारेजलाई ३–० ले पराजित गर्दै विजयी भएको हो भने जेवाइबिसी क्लबले गुलरिया एफसीलाई २–० ले पराजित गरेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्ने छ भने द्वितीयले नगद ५० हजार सहित ट्रफि मेडल र प्रमाण हात पार्ने छ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ पाउने क्लबका अध्यक्ष महेन्द्र खड्का जानकारी दिए ।

५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा “द” बैयाबेहडी युवा क्लबले फुटबल प्रतियोगिताको आयोजना गरेको हो । 

चैत्र ८ गतेबाट सुरु भएको प्रतियोगितामा कैलाली कञ्चनपुरका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रदेश खेलकुद परीसदका सदस्य सचिव दीपक सिंहले उद्घाटन गरेका हुन । 

 

clock शनिबार १०, चैत २०८० २१:२७

प्रतिक्रिया