सुदूरपश्चिमबाट एसइईमा ५५ हजार बढी विद्यार्थी सहभागी हुँदै, कुन जिल्लाबाट कती ?

  शनिबार १०, चैत २०८० १७:२८

धनगढी। यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमबाट ५५ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन्।

देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुने (एसइई) परीक्षामा सुदूरपश्चिम प्रदेशबाट मात्रै ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका हुन्। सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दीपायल डोटीका अनुसार उक्त सहभागी हुने विद्यार्थीमध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्राहरु रहेका छन्।


सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहराले एसईई परिक्षाका लागि २ सय ११ केन्द्राध्यक्ष,३ सय ७४ सहायक केन्द्राध्यक्ष, २ हजार ७ सय ४३ निरीक्षक, ५ सय ५५ सहायक कर्मचारी तोकिएको बताए। 

सूचना अधिकारी बोहराका अनुसार एक परिक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार एक सय ६३ प्रहरी परिचालन हुनेछन्। यस्तै विद्यार्थी सहयोगी १०९५ जना राखिनेछन्। यसरी जम्मा ८ हजार १४३ जना कर्मचारी परिचालित हुने प्रदेश शिक्षा विकास निर्देशनालय दीपायल डोटीले जनाएको छ। 

कुन जिल्लाबाट कती ?

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी परिक्षार्थी कैलालीबाट १८ हजार ७ सय २० जना र सबैभन्दा कम डडेल्धुराबाट दुई हजार पाँच सय ५७ जना परिक्षार्थी सहभागि हुँदैछन्। कञ्चनपुरबाट १० हजार ३ सय ३५, बैतडीबाट ५ हजार ८७, अछामबाट चार हजार ९ सय ५० विद्यार्थीले एसईई परिक्षा दिनेछन्।

यस्तै बझाङबाट ४ हजार ३ सय ८०,डोटीबाट ३ हजार २ सय ९७, बाजुराबाट २ हजार ९ सय ३४, दार्चुलाबाट २ हजार ७ सय ५० जना विद्यार्थी परिक्षामा सहभागि हुनेछन् । कञ्चनपुरमा दुईवटा र बझाङमा थप एउटा केन्द्र तोकिएको छ । गत वर्ष दुई सय ८ परिक्षा केन्द्र तोकिएकोमा यस बर्ष तीनवटा थप गरिदा दुई सय ११ परिक्षा केन्द्र राखिएका छन् ।

परिक्षा पनि नयाँ पाठ्यक्रमअनुसार हुने निर्देशनालयका सूचना अधिकारी बोहराले यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा सबै विषयमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को तयारी पूरा भएको जनाएको छ। देशभरका परीक्षा केन्द्रमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला जिल्लामा पठाइसकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

clock शनिबार १०, चैत २०८० १७:२८

प्रतिक्रिया