डोटीको पुर्बिचौकीमा मातृ शिशु आहार वितरण

  बुधबार ०७, चैत २०८० ०८:४१

डोटी । डोटीको पुर्बिचौकी गाउँपालिकामा १२ महिना सम्मका बालबालिकाहरू तथा आमाहरूलाई पोषण सामाग्री वितरण गरिएको छ । 

मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले पुर्विचौकी गाउँपालिकाको वडा नम्बर ५ काडामाण्डौका ८२ जना आमाहरूलाई पोषण सामाग्री वितरण गरेको हो । 

कुखुराको अण्डा, आयोडिन नुन, चना, खाने तेल, साबुन लगायतका सामग्री वितरण गरिएको मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । 

बालबालिका र महिलाहरूको स्वास्थ्यलाई ध्यान दिएर संस्थाले काम गरिरहेको बताउँदै जोशीले बालबालिकाहरूलाई कुपोषण लाग्न नदिन काम गरेको बताए । 

मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रका काम गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्दै आएको छ । 

clock बुधबार ०७, चैत २०८० ०८:४१

प्रतिक्रिया