डडेल्धुराको परशुरामका हाकिममाथि कुटपिट : उपमेयर र दुई वडा अध्यक्ष पक्राउ

  बिहिबार ०१, चैत २०८० २०:१२

डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको हो ।

तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए ।

बिहीबार भएको कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै जोशीमाथि कुटपिट भएको थियो । नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।  

सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । यस्तै केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको बताइएको छ । उपप्रमुख माओवादी केन्द्रबाटै विजयी भएकी हुन् ।

clock बिहिबार ०१, चैत २०८० २०:१२

प्रतिक्रिया