कार्यपालिका बैठकमै कुटिए डडेल्धुराको परशुरामका हाकिम, कारण यस्तो छ

  बिहिबार ०१, चैत २०८० १५:४२

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकिय अधिकृतमाथि कृटपिट भएको छ । अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरुले कुटपिट गरेको बताइएको छ ।

कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन् । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।

स्थानीय पत्रकार पदम जोराका अनुसार आज९बिहीबार० बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । तर, कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै कुर्सी हानाहान गरेको बताइएको छ ।

अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

किन भयो विवाद ? 

नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए ।

आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रकासकिय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।

सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । यस्तै केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमला कुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको बताइएको छ ।

उपप्रमुख पनि माओवादी केन्द्रबाटै विजयी भएकी हुन् ।

clock बिहिबार ०१, चैत २०८० १५:४२

प्रतिक्रिया