धनगढीको वडा स्वास्थ्य क्लिनिकबाट ९२ हजार बढीले लिए सेवा

  बुधबार ३०, फागुन २०८० १०:३१

धनगढी । धनगढी उपमहानगरपालिकाले हरेक वडामा मासिक रूपमा सञ्चालन गर्दै आएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट हालसम्म करिब एक लाख सेवाग्राही लाभाम्बित भएका छन् । २० महिनाको अवधीमा धनगढीका ९२ हजार बढी सेवाग्राहीले वडा स्वास्थ्य क्लिनिकबाट सेवा लिएका छन् । वडामै बिषेशज्ञ सेवा पाइन थालेपछि नियमित चेकजाँज गर्नुपर्ने ज्येष्ठ नागरिक संगै गर्भवती तथा दीर्घ रोगीलाई उपचारमा सहज भएको छ ।

धनगढी उपमहानगरपालिकामा सञ्चालित बिषेशज्ञ वडा स्वास्थ्य क्लिनिकबाट करिब २० महिने अवधीमा ९२ हजार बढीले सेवा लिएका छन् । गत आर्थिक बर्ष २०७९ साउन १ गतेबाट सञ्चालित क्लिनिकबाट फागुन २७ गतेसम्म ९२ हजार ६ सय ३५ जनाले सेवा लिएका हुन् । वडा स्वास्थ्य क्लिनिकका संयोजक भुपेन्द्र महराका अनुसार उनका अनुसार १२ हजार ९ सय ८ जनाले स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवा लिएका छन् । क्लिनिकमा उपचार सेवा लिनेमध्ये ९ हजार ४ सय ७४ जना ७० वर्ष उमेर माथिका रहेको उपमहानगरका वडा स्वास्थ्य क्लिनिक संयोजक भुपेन्द्र महराले बताउनु भयो ।

क्लिनिकमा आँखा, दाँत, हाडजोर्नी, फिजिसियन तथा स्त्री रोगसम्बन्धी सेवा निःशुल्क दिने गरिएको महराले जानकारी दिनुभयो । त्यस्तै इसिजी, सुगर, पिसाब, रगतलगायत विभिन्न प्रयोगशाला जाँच निःशुल्क गरिन्छ । गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्डको सुविधा पनि क्लिनिकमा उपलब्ध हुन्छ । हालसम्म क्लिनिकबाट ८ हजार ६ सय गर्भवतीले सेवा लिएका छन् ।

आर्थिक अभावले उपचार गराउन नसक्ने विपन्न नागरिकलाई घरदैलोमै निःशुल्क विशेषज्ञ उपचार सेवा दिने उद्देश्यले उपमहानगरले गत वर्षबाट विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सुरु गरेको हो । नगरका १९ वटै वडामा हरेक महिनाको एक दिन स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको छ । वडा क्लिनिक सञ्चालन गर्न उपमहानगरले एकजना फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ गरी दुईजना विशेषज्ञ डाक्टर नियुक्त गरेको छ । करिब दुई वर्षमा विशेषज्ञ वडा क्लिनिकले नागरिकलाई दिएको सेवाबाट आफू उत्साहित भएको जनप्रतिनिधी बताउँछन् ।

सवा दुई लाख जनसंख्या भएको ठाउँमा करिब १ लाखले सेवा पाउनु निकै महत्वपुर्ण रहेको जनप्रतिनिधी बताउँछन् । वडा स्वास्थ्य क्लिनिकले स्वास्थ्यमा निकै सुधार ल्याएको बताउँदै उप प्रमुख कन्दकला रानाले यसको निरन्तरता हुने बताउनु भयो । वडा स्वास्थ्य क्लिनिक बिपन्न नागरिक संगै ज्येष्ठ नागरिक, गर्भवती र दीर्घ रोगीका लागी निकै लाभदायक बनेको छ । सामान्य रोग लाग्दा शुल्क तिरेर जाँच गर्नुपर्ने बाध्यता अहिले टरेको छ । प्रत्येक महिना वडामै बिषेशज्ञ स्वास्थ्य सुबिधा पाएपछि नगरबासी खुशी छन् । धनगढी उपमहानगरपालिका ३ की पुर्णा थापाले वडामै स्वास्थ्य चेकजाँच गर्न पाउँदा सहज भएको बताउनु भयो । घर नजिकै बिषेशज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा पाइयो खुशी लागेको छ उहाँले भन्नुभयो “बाहिर जान समस्या भएका र आर्थिक अभाव भएकाहरुका लागी निकै सजिलो भएको छ ।”

धनगढी(३ कै मिना बोहराले हाल प्रत्येक महिना वडा स्वास्थ्य क्लिनिकबाटै उपचार सेवा र औषधी लिने गरेको बताउनु भयो । पहिला निजि अस्पताल तथा सेती प्रादेशिक अस्पताल धाउनु पथ्र्यो उहाँले भन्नुभयो “हामी जस्तो नियमित औषधी सेपन गर्नेलाई गाह्रो थियो, अहिले चाहीँ वडा स्वास्थ्य क्लिनिकले हामीलाई निकै सहज बनाएको छ, रोगको अवस्था बारे चेकजाँच संगै निशुल्क औषधीपनि घर आगनमै पाएका छौँ ।”

स्थानीय तहको चुनावका वेला नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाएका मेयर गोपाल हमाल र उप(मेयरले कन्दकला कुमारी रानाले निर्वाचित भएको दुई महिनामै वडा स्वास्थ्य क्लिनिक सुरु गरेका थिए । सोही अनुरुप वडा स्वास्थ्य क्लिनिक शुरु गरेको उपमहानगरले सेवालाई थप प्रभावकारी बनाउँदै गएको छ । सोही कदमकै कारण जनप्रतिनिधीहरु लोकप्रिय बन्दै छन् ।
थप सामग्री स् जततउकस्ररभजष्mबबिथबतष्mभक।अयmरद्दण्द्दद्धरण्घरद्दज्ञण्ण्द्धडर

clock बुधबार ३०, फागुन २०८० १०:३१

प्रतिक्रिया