महाकाली नदीमा १४ वटा ट्याक्टरसहित २८–३०मजदुर फसे

  बिहिबार २७, बैशाख २०८१ ०८:१९

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा ट्र्याक्रसहित मजदुर थुनिएका छन् ।

नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्र्याक्रसहित करिब २८–३० जना मजदुर थुनिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका फसेकाहरु अझै त्यही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीको बीच टापुमा करिब अढाइ÷तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् ।

सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको उनले बताए । फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

clock बिहिबार २७, बैशाख २०८१ ०८:१९

प्रतिक्रिया