दार्चुलामा चीतुवाको २ छाला सहित एक युवा पक्राउ

  आइतबार २७, फागुन २०८० २०:०६

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाबाट चीतुवाको छाला सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ। 

आज (आइतबार) जिल्ला प्रहरी कार्यालय दार्चुला र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले चीतुवाको छालासहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चीतुवाको छालासहित नौगाड गाउँपालिका ४ सिफ्टी बस्ने अन्दाजी ३६ वर्षीय शेरसिंह धामी पक्राउ परेका हुन्। 

उनलाई २ थान छालासहित मार्मा गाउँपालिकाबाट समातेको बताइएको छ। अहिले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

clock आइतबार २७, फागुन २०८० २०:०६

प्रतिक्रिया