उत्कृष्ठ भाषाभाषी गायिकाको रारा म्युजिक अवार्ड सिराडीलाई

  बिहिबार १७, फागुन २०८० १०:४६

धनगढी । उत्कृष्ट भाषाभाषी गायिकातर्फको रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० गायिक कृष्णा सिराडीले पाएकी छन्। राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा उनले अवार्ड ग्रहण गरेकी हुन्। 

लोकदोहोरी र लोकदेउडा गीतका माध्यमबाट चर्चा बटुलिरहेकी सिराडी पछिल्लो पुस्ताकी चर्चित गायिका हुन्। जादूमयी स्वरकी धनी सिराडीले सयौं गीतमा आवाज भरिसकेकी छन्। 

उनले राष्ट्रिय स्तरको म्युजिक अवार्ड पाउँदा निकै खुसी लागेको बताएकी छन्। अवार्डले यस क्षेत्रमा लागिराख्न थप प्रेरित गरेको उनको भनाइ छ।

‘पछिल्लो समय मातृ भाषामा गीत गाउने गायकरगायिकाको संख्या घट्दो छ। यहीबीच मेरा गीतलाई उत्कृष्ठ ठान्दै रारा म्युजिक अवार्डका लागि उत्कृष्ट ठानेकोमा खुसी लागेको छ। यसले मलाई सांगीतिक क्षेत्रमा थप सक्रिय हुन प्रेरित गरेको छ,’ उनले भनिन्।

सिराडी डेउडा प्रतिष्ठानकी केन्द्रीय सदस्य पनि हुन्। सिराडी अतारियास्थित अलिशा म्युजिक रेकर्डिङ स्टुडियोकी सहसञ्चालिका हुन्।

clock बिहिबार १७, फागुन २०८० १०:४६

प्रतिक्रिया