कैलाली जनपुस्तकालयको वार्षिक उत्सवमा गायिका सिराडी सम्मानित

  सोमबार ०७, फागुन २०८० २०:२४

धनगढी । डेउडा प्रतिष्ठानकी केन्द्रीय सदस्य गायिका  कृष्णा सिराडी सम्मानित भएकी छिन्। कैलाली जनपुस्तकालय धनगढीले ६७औ वार्षिक उत्सवका अवसरमा गायिका सिराडी सम्मानित भएकी हुन् । 

सोमवार आयोजित वार्षिक उत्सव तथा ४७ औँ साधारण सभामा सुदूरपश्चिम सरकारका प्रमुख सचिव डा हरिप्रसाद लम्साल, शिक्षाविद् डा हेमराज पन्त र कैलाली जनपुस्तकालयका अध्यक्ष डा टिएन जोशीले सिराडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।

उनलाई पुस्तकालयले उनलाई देवकान्त पन्त स्मृति लोक साहित्य सम्मान २०८० बाट सम्मानित गरिएको हो। कार्यक्रममा साहित्यकार, शिक्षा सेवी तथा समाजसेवीहरूलाई पनि सम्मान गरिएको थियो।

clock सोमबार ०७, फागुन २०८० २०:२४

प्रतिक्रिया