अलिशा म्युजिकबाट सोनियाको पहिलो गीत रेकर्डिङ

  सोमबार २९, माघ २०८० ०८:०८

धनगढी । सोनिया परियारको पहिलो गीत अत्तरियाको अलिशा म्युजिक रेकर्डिङ भएको छ । डोटीको बोगटान वडा न. ७ चमरा चौतारा जन्म भई लम्की चुहा नगरपालिका वडा न. ९ प्रतापुर बस्ने परियारको पहिलो गीत रेकर्ड भएको हो ।  

हेलो टिकापुरका संचालक अंकित उप्रेतीले लिएको इन्टरभ्यु सुन्दै गर्दा आवाज निकै मिठो लागेर अलिशा म्युजिक रेकर्डिङ स्टुडियोका सह–सञ्चालक कृष्णा सिराडीको सहयोगमा गीत रेकर्ड भएको छ ।

आफ्नै गाउँ घरको बहिनीलाई सकेको सहयोग गरी अगाडि बढाउनु पर्छ भन्ने अभिप्रायले सोनियाको साङ्गीतिक यात्रा बारे छलफल गरी गीत रेकर्डिङमा सहयोग गरेको बत्ताइन् । 

अलिशा म्युजिक रेकर्डिङ स्टुडियोका सह–सञ्चालक कृष्णा सिराडी विगत लामो समय देखि साङ्गीतिक क्षेत्रमा लागेकी छिन् । 

अलिशा म्युजिक रेकर्डिङ स्टुडियोका सञ्चालक, वरिष्ठ गायक तथा सङ्गीतकार किशोर भण्डारीले गीत ऐरेन्ज गरेर सहयोग गरेका छन् । 

No description available.

जसमा स्वर सोनिया परियार र लाल बहादुर बोगटीको रहेको छ । त्यसै गरी शब्द कुमार मटेली, लय हरेन्द्र परियारको रहेको छ भने उक्त गीत रेकर्डिङ अडियो भिडियो अलिशा म्युजिक रेकर्डिङ स्टुडियोबाट छिट्टै बजार आउने तयारीमा छ ।

साङ्गीतिक यात्राको सुरुवातमा अंकित उप्रेती, कृष्णा सिराडी र अलिशा म्युजिकलाई उनले विशेष धन्यवाद दिएकी छिन र सबैको साथ सहयोगको अपेक्षा राखेकी छु भन्दै खुसी ब्यक्त गरेकि छिन । साथै निकै आशा बोकेर साङ्गीतिक यात्रा तय गरेको सोनिया बताउँछिन् र यस अवसरमा सहयोग गर्ने सहयोगि मनलाई जीवन भर नभुल्ने उनले बताएकी छिन ।

clock सोमबार २९, माघ २०८० ०८:०८

प्रतिक्रिया