वालिङ महोत्सवमा दुर्गेश थापामाथि जुत्ता प्रहार

  सोमबार २९, माघ २०८० ०७:५६

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ ।

आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राति गीत गाउने क्रममा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको हो ।

वालिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ भने प्रहरीले थप अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

clock सोमबार २९, माघ २०८० ०७:५६

प्रतिक्रिया