सिपी अस्पतालको सहयोगमा गौरीङ्गगामा निशुल्क स्वास्थ्य शिविर हुने

  बुधबार १७, माघ २०८० ०६:४५

धनगढी । कैलालीको गौरीङ्गगा नगरपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । 

नगरपालिकाको वडा नम्बर ६ स्थित वनबेहडाको अमर माध्यामीक बिद्यालयमा यही माघ २० गते (शनिबार) आयोजना हुने आयोजकले जानकारी दिएको छ।

बास नेपाल कैलाली शाखाको आयोजनामा सञ्चालन हुने निशुल्क स्वास्थ्य शिविरमा धनगढीको सिपी अस्पतालको सहयोगमा तथा गौरीङ्गगा नगरपालिकाको सहकार्य रहेको छ ।

निशुल्क स्वास्थ्य शिविर बिहान १० बजे देखी ४ बजेसम्म रहने बास नेपाल कैलाली शाखा अध्यक्ष चिरञ्जीवी छेडालले जानकारी दिए ।

शिविरमा विभिन्न चिकित्सा स्वास्थ्य सेवा रहेका छन् ।

clock बुधबार १७, माघ २०८० ०६:४५

प्रतिक्रिया