कृष्णपुरमा १७ दिनसम्म निशुल्क आँखा शिविर सञ्चालन हुने

  सोमबार ०२, पुष २०८० ०६:२९

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको छ। कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतवार देखि सुरु भएको शिविर पौष १७ गते सम्म सञ्चालन हुने भएको छ।

आज वडा नम्बर–१ को कुमगडाबाटमा नगरउपप्रमुख द्रोपती रानाले निशुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन्। नगरउपप्रमुख रानाले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले घरआगनसम्मै शिविर सञ्चालनमा ल्याएको बताइन्। 

आँखा शिविरमा प्राविधिक सहयोग गरिरहेको संस्था धनगढी नेत्रालयका डाक्टर आशिष पाण्डेयले नगरपालिकासँग जोडिएर दुरदराजका नागरिकको सेव गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए। उनले धनगढी नेत्रालयले कुनै रकम नलिएर कृष्णपुर नगरपालिकामा १७ दिनसम्म सेवा गर्ने बताए।

आँखा शिवरको पहिलो दिन आज वडा नम्बर–१ को कुमगडा,गोजे क्षेत्रका १६८ जनाले सेवा लिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बिस्टले बताए। शिविरमा निशुल्क आँखा जाँच,आवश्यक पर्नेलाई निशुल्क चश्मा वितरण र अप्रेशन गर्नुपर्ने बिरामीलाई आफ्नै सवारी साधनमा राखेर निशुल्क अप्रेशन गरिने धनगढी नेत्रालयका डाक्टर आशिष पाण्डेयले बताए।

घरआगनमै उपचार गर्न पाएपछि स्थानीय हर्षीत भएका छन्। आजबाट शुरु भएको निशुल्क आँखा शिविर नगरका ९ वटै वडाका १२ वडा स्वास्थ्य संस्थामा गरी पौष १७ गतेसम्म सञ्चालन हुनेछ।

clock सोमबार ०२, पुष २०८० ०६:२९

प्रतिक्रिया