सिपी अस्पताल र लालझाडी ११ को निःशुल्क स्वास्थ्य शिविरमा ६५३ बिरामीले लिए निःशुल्क सेवा

  आइतबार ०१, पुष २०८० १४:१५

धनगढी। कञ्चनपुरको बाइसी बिचवामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शनिवार लालझाडी युवा क्लब ११ र धनगढीको सिपी अस्पताल प्रालीको आयोजनामा कञ्चनपुरको बाइसी बिचवास्थीत नौरङ्गा स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएकोहो।

लालझाडी युवा क्लब ११ पुर्व सल्लाहकार सदस्य स्व बिष्णु बहादुर दानपालीको स्मृती तथा सम्झनामा गरिएको निशुल्क स्वास्थ्य शिविरमा ६ सय ५३ जना बिरामीले सेवा लिएका छन् ।

सिपी अस्पताल प्रसासन प्रमुख हेम राज जोशीका अनुसार ७० जनाको भिडियो एक्सरे गरिनुका साथै सबै बिरामीलाई निशुल्क औषधी समेत बितरण गरिएको हो।

सिपी अस्पताल प्रसासन प्रमुख जोशीले ब्लडपे्रसर, दम,पत्थरी,हाडजोर्नी सम्बन्धी लगायत बिभिन्न बिरामी सेवा लिएको बताए।

साथै उनले सिपी अस्पतालले समय समयमा ग्रामीण क्षेत्रमै गएर स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताएका छन्।

clock आइतबार ०१, पुष २०८० १४:१५

प्रतिक्रिया