बझाङमा स्वास्थ केन्द्रबाट कण्डम चोरी गर्ने पक्राउ

  शुक्रबार १०, कार्तिक २०८० ११:५१

बझाङ । बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड गरेको आरोपमा सुर्मा गाउँपालिका (२ का १४ वर्षीय अजय बोहरा पक्राउ परेका छन् ।

उनले वेलुन बनाएर उडाउनका लागि कण्डम चोर्न तोडफोड गरेको बताएको प्रहरीले जनाएको छ ।

उनले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएका छन् ।

सार्वजनिक सम्पत्ति तोडफोड गरेकाले उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरत शाहले बताए ।

सम्बन्धित शिर्सक
clock शुक्रबार १०, कार्तिक २०८० ११:५१

प्रतिक्रिया