कार्तिक १७ र १८ गते देशभरका बालबालिकालाई  "भिटामिन ए" खुवाइदै

  सोमबार ०६, कार्तिक २०८० ०६:४७

काठमाडौं । यो वर्षको राष्ट्रिय "भिटामिन ए" कार्यक्रम आगामी कार्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अघि यही कात्तिक २ र ३ गते बालबालिकाहरुलाई "भिटामिन ए" खुवाउने कार्यक्रम रहे पनि दशैं परेको हुँदा अब कात्तिक १७ र १८ गते देशभरका बालबालिकालाई भिटामिन एू  खुवाउने भइएको हो। 

मन्त्रालयले उक्त दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

clock सोमबार ०६, कार्तिक २०८० ०६:४७

प्रतिक्रिया