स्वास्थ्य कार्यालय कैलाली उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित

  आइतबार २८, असोज २०८० ०८:११

धनगढी । स्वास्थ्य कार्यालय कैलाली गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेको भन्दै यस वर्ष पनि सम्मानित भएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलले धनगढीमा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा ८८ दशमलब ७५ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट बनेको हो ।

स्वास्थ्य कार्यालय कैलालीलाई प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।

यस्तै ८२ दशमलब ५ प्रतिशत अंक प्राप्त गर्दै स्वास्थ्य कार्यालय अछाम दोस्रो बनेको छ भने ८२ प्रतिशत अंक प्राप्त गर्दै स्वस्थ्य कार्यालय दार्चुला र बैतडी तेस्रो बनेको छ ।

स्वास्थ्य कार्यालय डडेल्धुरा र कञ्चनपुरले ८१ दशमलब ७५ प्रतिशत अंक प्राप्त गरेको छ भने डोटीले ७९, बाजुराले  ७५ दशमलब २५ र बझाङले ७२ दशमलब पाँ प्रतिशत अंक प्राप्त गरेको छ ।

समापनमा सहभागिहरूले स्वास्थ्यमा सुधार हुँदै गएपनि अपेक्षा अनुसार लक्ष्य प्राप्त गर्न नसकिएको प्रतिक्रिया दिए ।

clock आइतबार २८, असोज २०८० ०८:११

प्रतिक्रिया