कैलालीको घोडाघोडी नगरपालिकाले बिरामीलाई उपचार खर्च दिने

  शुक्रबार १९, असोज २०८० ०६:४०

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराखेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका बिरामीहरुलाई नाम दर्ता गराउन आह्वान गरेको छ।

बिरामीलाई उपचारबापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ बमोजिम चालु आर्थिक वर्ष २०८०–८१ मा खर्च उपलब्ध गराउन विवरण माग गरेको नगरपालिकाले जनाएको छ।

असोज मसान्तसम्मको समय तोकेर नगरपालिकाले नयाँ सेवा लिनेलाई नाम दर्ता गराउन सूचित गरेको छ । नाम दर्ता भएका बिरामीहरुले सो अवधिमा नवीकरण गराइसक्नुपर्ने छ ।

प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहलेका अनुसार नाम दर्ता तथा नवीकरणका लागि चिकित्सकको सिफारिस, मेरुदण्ड पक्षघातको हकमा अपाङ्गतासम्बन्धी प्राप्त रातो वा निलो कार्डको प्रतिलिपि, वडा कार्यालयबाट प्रमाणित निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित अस्पतालको बिरामी पूर्जी पेश गर्नुपर्नेछ।

clock शुक्रबार १९, असोज २०८० ०६:४०

प्रतिक्रिया