दार्चुलामा डेंगुले स्कुले बालिका जेलिना चैसिरको मृत्यु

  आइतबार १७, भदौ २०८० १३:३०

दार्चुला। डेंगु संक्रमणले दार्चुलामा एक स्कुले बालिकाको मृत्यु भएको छ। राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा ९ कक्षामा अध्ययनरत १४ वर्षीया जेलिना चैसिरको उपचारका क्रममा मृत्यु भएको हो।

राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका प्रधानाध्यापक राजेश सिंह सामन्तका अनुसार डेंगु लागेपछि बालिकालाई उपचारका लागि भारत उत्तराखण्डको हल्द्वानीस्थित अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा बालिकाको मृत्यु भएको सामन्तले जनाए। सुरुमा बालिकालाई सामान्य ज्वरो आएको थियो। उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो।

उनमा डेंगुका लक्षण देखिएपछि भारतको पिथौरागढ लगिएको थियो। उनको अवस्था थप जटिल बनेपछि हल्द्वानी रेफर गरिएको थियो। बालिकाको मृत्युमा राष्ट्रिय मावि दत्तुले आज एक दिन शोक बिदा दिएको छ।

clock आइतबार १७, भदौ २०८० १३:३०

प्रतिक्रिया