मुस्कान डेन्टल होम र नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको सहयोगमा निशूल्क आँखा तथा दन्त शिविर

  आइतबार १०, भदौ २०८० ०९:२९

धनगढी । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १० उदासिपुरमा निशूल्क आँखा तथा दन्त शिविर भएको छ ।

नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र मुस्कान डेन्टल होमको सहयोग तथा थारु गुरुवा बैदवा समाजको आयोजनामा शनिबार निशूल्क शिविर भएको हो ।

निशूल्क शिविरमा आँखा सम्बन्धि सेवा चार सय ७८ जना र दन्त सम्बन्धि सेवा एक सय ५० जनाले लिएका थिए ।

शिविरमा सेवा लिन आएका सेवाग्राहीलाई निशूल्क औषधि वितरण गरिएको थियो ।

clock आइतबार १०, भदौ २०८० ०९:२९

प्रतिक्रिया