धनगढीको नवजिवन अस्पतालमा यूरोलोजिस्ट र न्यूरोलोजिस्टको उपचार सेवा सुरु

  मङ्गलबार ०५, भदौ २०८० २१:४२

धनगढी। धनगढीको नवजिवन अस्पताल प्रा.लीमा यूरोलोजिस्ट र न्यूरोलोजिस्टको उपचार सेवा पूर्णकालिन रुपमा सञ्चालनमा आएको छ। यसअघि हप्ताको एकदुईदिन मात्रै सो उपचार सेवा प्रदान गरिदै आएकोमा अस्पतालमा बिशेषज्ञ डाक्टर आएसँगै दैनिक पूर्णकालिकन रुपमा सो सेवा सुचारु भएको हो।

अस्पतालका सिइओ चक्र खडायतले भने, यो सेवा पहिले देखी नै सञ्चालनमा थियो, हप्ताको एक दुई दिन मात्रै सो सेवा दिइन्थ्यो उनले भने, अब उक्त रोगसम्बन्धीका बिशेषज्ञ डाक्टर आइसकेका छन् । यही महिना देखी बिशेषज्ञ डाक्टर आइसकेकाले दैनिक र पूर्णकालिकन रुपमा यो उपचार गरिएको र अब बिरामीले टाढा बाहिरका अस्पतालमा जानु नपर्ने उनले भने ।

कन्सल्टेन्ट युरोलोजिस्ट डाक्टर दुर्गा पण्डीतबाट किड्नीसम्बन्धी समस्या, मुत्र रोग, पिसाब नलीमा देखीने समस्या, पिसाबमा ढुङ्गा अड्कीएको लगायतका समस्या उपचार गरिने बताइएको छ । यस्तै कन्सल्टेन्ट न्यूरोसर्जन डाक्टर सन्देश दाहालद्धारा टाउको सम्बन्धी समस्या,दुर्घटनामा परेर टाउकोमा रगत जमेको, ट्युमर, टाउकोमा जुका रहेको, नसा च्यापिएको उपचार सेवा पुर्णकालिन गराइने बताइएको छ ।

नवजिवन अस्पतालमा डाक्टर राजु बिष्टबाट फिजिसियन सेवा, अर्थोमा डा. बिदुरमणि ढकाल,गाइनोमा डा. जयराम केसी,पेडियामा डा।विक्रम हिराचन, जनरल सर्जनमा डा. गोविन्द तिवारी, रेडियोलोजिस्ट डा. मनिन्द्र मानन्धर, एनेस्थेसियामा डा. सञ्जीव रञ्जितकारले उपचार सेवा दिइरहेका छन् । हाल फिजियोथेरापिसहित आइसियु, एनआइसियु र डायलासिस १० १० बेडमा रहेको नवजिवन अस्पताल १०० शैयामा स्तरोउन्नती गरी सञ्चालनमा रहेको छ।

clock मङ्गलबार ०५, भदौ २०८० २१:४२

प्रतिक्रिया