थला परेका १०४ वर्षीय ‘बाजे’ निसर्गको उपचार पाएपछि हिँड्नसक्ने भए

  बिहिबार ३२, साउन २०८० १६:००

धनगढी । उमेरले एक शताब्दिको जंघार तरिसकेका हजुरबुवा । एकाएक घर नजिकै पानीधारामा लिप्लिएर उठ्नै नसक्ने भए । अभिभावक नै अशक्त भएपछि परिवारमा खिन्नता छायो । छोरा, नाति र पनातिहरुलाई हजुरबुवा फेरि कहिल्यै उठेर हिँड्लान र ? भन्ने शंसय मात्र होइन चिन्ता थपियो । 

कञ्चनपुर, राजघाट ९ का १०४ वर्षीय टिकाराम महरालाई उपचारका लागि धनगढीस्थिति निसर्ग हस्पिटलमा पुर्याइयो । उमेरले सताब्दी नाघेका हजुरबुबा चिप्लिएर लड्दा जाँघको हड्डी भाँचिएको थियो । बुढो उमेरमा भाँचिएको हड्डी के गर्ने भन्ने दुविधा थियो । 

‘हामी त के गर्ने र कसो गर्ने भन्ने दोधारमा थियौँ’, महराका नाति जिबन महराले   भने, ‘त्यसपछि धेरैको सल्लाहअनुसार निसर्ग हस्पिटलमा ल्यायौँ। बाजे फेरि पुरानै अवस्थामा फर्कनु होला भन्ने हामीले सोचेका थिएनौँ।’

यस्तो अवस्थामा शल्यक्रिया नगर्दा बिरामीले लामो समयसम्म बेडमै सुतिरहनुपर्ने र त्यसो गरे खुट्टाका नसामा रगत जम्ने, बेडसोर हुने, स्वासप्रस्वासमा समस्या आउने, न्युमोनिया हुने, यताउता हल्लिँदा कडा दुखाइ हुने तथा ज्यान नै जोखिममा पर्ने खतरा चिकित्सकहरुले देखे। यो उमेरमा शल्यक्रिया समेत आफैमा जोखिमपूर्ण थियो । 

जाँङको हड्डी भाँचिएर निसर्ग हस्पिटल पुगेका महराको अर्थोपेडिक सर्जनद्वय डा श्रीराम खाती, डा ओमकार बिष्ट, एनेस्थेसियोलोजिष्टद्वय डा हेमन्त ओझा, डा सुनिल भट्ट र फिजिसियन डा हितेश जोशीको टिमले  शल्यक्रिया सम्पन्न गर्यो। 
 
सफल शल्यक्रिया पश्चात सकुशल घर पठाउन पाउँदा निसर्ग परिवार अत्यन्तै खुशी ब्यक्त गर्दै उहाको थप सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछ । निसर्ग अस्पतालमा गरेको अहिले सम्मकै सबैभन्दा बढी उमेरमा गरिएको शल्यक्रिया हो ।

‘बुढेसकालमा लामो समयसम्म बेडमै सुतिराख्दा जटिलता थपिन सक्ने जोखिम भएकाले पनि उहाँलाई बस्न, उभिन र हिंड्न सक्ने बनाउन एकदमै जरुरी थियो’, अर्थोपेडिक सर्जन श्रीराम खातीले भने। 

महराको परिवारका सदस्यहरुसँग सबै विकल्पहरु र जोखिमबारे छलफल गरेपछि उनको स्वास्थ्यमा सकेसम्म कम जटिलता आउने शल्यक्रिया गर्ने सल्लाह अनुसार उच्च सावधानीसहित शल्यक्रिया सम्पन्न भएको डा ओमकार बिष्टले जानकारी दिए। 

१०४ वर्षको उमेरमा घरै अगाडि लडेर थला परेका बाजेलाई फेरि खुट्टा टेकेर उभिएको र पाइला सारेको देख्दा उनका छोराछोरी, नाती नातिनी, पनातिपनातिनी मात्र होइन चिकित्सक पनि खुशीले दंग परेका थिए।   

शल्यक्रिया सम्पन्न गरेर बाजेलाई सकुशल घर पठाउन पाउँदा आफूहरु निकै खुशी भएको शल्यक्रियामा संलग्न चिकित्सकको टिमले जनाएको छ। अस्पतालले महराको सुस्वास्थ्य र दीर्घायुको कामना गरेको छ।

आफूहरुको टिमले  निशर्ग अस्पतालमा गरेको यो नै अहिलेसम्मको सबैभन्दा बढी उमेरमा गरिएको शल्यक्रिया भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

clock बिहिबार ३२, साउन २०८० १६:००

प्रतिक्रिया