वडाअध्यक्ष नाममा क्लिनिक : औषधि बच्ने श्रीमती,छैन अनुगमन

  आइतबार १४, साउन २०८० ०९:१६

बैतडी । बैतडीको एक गाउँपालिका वडा अध्यक्षको क्लिनिकमा श्रीमती औषधि विक्री गर्ने गरेको पाईएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तेजबहादुर साउँदको नाममा दर्ता भएको किलनिक श्रीमतीले औषधि विक्री गरेकी हुन् । श्रीमान वडा अध्यक्षमा निर्वाचीत भएपछि किराना पसलसंगै रहेको औषधि पसल पनि श्रीमती तुलसी साउँदले चलाउने गरेको स्रोतले बताएको छन् ।

हेमन्त मेडिकल सिगास ६ थालाकाँडा, मौरिवगड नामबाट सञ्चालीत औषधि पसल वडा अध्यक्ष साउँदको नाममा दर्ता भेटीएको छ । अध्यक्ष साउँदकी श्रीमतीले बिरामीलाई औषधि विक्री वितरण गरेर यहाँ जनताको स्वास्थ्य माथि खेलबाड गरेको एक स्थानीयले गुनासो गरे ।

उनले भने, पेट दुखे, ज्वरोको औषधि विक्री गछिन् जे पसलमा औषधि छ त्यही दिन्छन्, वडा अध्यक्षको किलनिकमा श्रीमती औषधि विक्रेता भएकी छन् । उनको फेसबुक लगायतका समाजीक सञ्चालन पनि हेर्नु फोटो भिडीयो औषधि पसलकै छन् । उनले थपे, ‘जनताको स्वास्थ्य माथि वडा अध्यक्षले नै खेलवाड गरिरहेका छन् । यो बन्द हुनु पर्छ।

स्थानीयले थालाकाँडा स्वास्थ्य चौकीलाई चक्लेट बिक्री गरे जसरी औषधि विक्री भईरहेको जानकारी गरहेको स्वास्थ्य चौकी इन्चार्ज दिपेन्द्र रोकायाले बताए । वडा अध्यक्ष साउँदलाई सोधपुक्ष गरेको र श्रीमतीले किराना पसल चलाउने तथा म खाली भएको दिन औषधि पसल खोल्ने प्रक्रिया दिएको इन्चार्ज रोकायाले बताए ।

यता सिगास गाउँपालिकाकै वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र चन्दको पनि किलनिक थियो । उनले निर्वाचीत भएपछि किलनिक बन्द गरेको स्वास्थ्यकर्मीले बताए । तर वडा नम्बर ५ मा २०५५ सालबाट निर्वतमान प्रधानाध्यपक मिनबहादुर चन्दले मिडिकल सञ्चालन गरेका छन् ।

औषधि विभागमा दर्ता गरेर आफुले २०५५ बाट नै मेडिकल सञ्चालन गरेर ढुंगाडका जनतालाई सेवा दिइरहेको उनले दाबी गरे । केही महिना अगाडी आफु अवकास भएको र छोराले मिडीकल सञ्चालन गरेको बताए । उनले आफु बुवा—छोरा नै एचए पास रहेको बताए । उनले गाउँपालिकाले दर्ताबारे केही जानकारी नगराएकाले आफुले पालिकामा दर्ता नगरेको बताए । तर आफुले स्थानीय लेखा नम्बर लिएर दिनेश मिडिकल सञ्चालन गरिरहेको बताए । दिनेश मिडिकलले पनि अबैध औषधि विक्री गरिरहेको स्थानीयको आरोप छ ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को मापदण्ड पूरा गरे नगरेको निरीक्षण गरेर सोही नियमावली अनुसार इजाजतपत्र दिएपछि मात्रै बैध हुन्छ अन्यथा अबैध यो किलनिकै अबैध हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए । उनले, अनअधिकृत रूपमा बिक्री वितरण गरेमा सार्वजनिक कसुर अनुसार कारवाहि हुन्छ । औसधि बिक्रीवितरण गर्न फार्मेसी पढेको ब्यक्ति चाहिन्छ यो अबैध नै हो ।

के भन्छन् वडा अध्यक्ष साउँद ?

सिगास गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तेजबहादुर साउँदले आफुले सञ्चालन गरेको किलनिक वैधानीक रहेका दाबी गरे । उनले निवार्चीत हुनु भन्दा पहिले आफुले किलनिकबाट जनतालाई सेवा दिएरको र अहिले वडा अध्यक्ष भएपछि शनिबार कहिले काही खोल्ने गरेको बताए ।

उनले भने, रिसीवीले केही मान्छे विरोध गरेर श्रीमतीले सञ्चालन गर्यो भन्दै छन् त्यसो हैन् । त्यही किराना पसल पनि छ । त्यसैले श्रीमती त्यहाँ हुन्छ। वडा अध्यक्ष साउँदले थपे, मलाई धेरै साथीहरुले बन्द गर्नुस भनने सल्लाह दिएका छन् बन्द गर्ने तयारीमा छु। अहिले यता उता नगरिदिनुस ।,

पछिल्लो ८ बर्षबाट स्वास्थ्य सेवामा लागेका वडा अध्यक्ष साउँद सिएमए पास हुन् । उनले किलनिक सञ्चालन गर्न त पाउछन् । तर औषधि बिक्री गर्न नपाउने एक स्वास्थ्यकर्मीले बताए । किलनिकबाट औषधि लेख्ने परामर्स दिने र फार्मेसीबाट औषधि किन्ने हो । तर यहाँका अधिकाश किलनिकले औषधि चर्को मुल्यमा विक्री गर्ने गरेका स्वास्थ्यकर्मिले बताए ।

clock आइतबार १४, साउन २०८० ०९:१६

प्रतिक्रिया