कैलालीको धनगढीबाट बेपत्ता बालिका मृत फेला

  सोमबार १३, असोज २०८२ ०७:११

धनगढी । धनगढीमा बेपत्ता भएकी बालक मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताए । 

निर्वस्त्र अवस्थामा भेटिएको शवभन्दा करिब दुई सय मिटरको दूरीमा बालिकाको कपडा भेटिएको छ ।  

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

clock सोमबार १३, असोज २०८२ ०७:११

प्रतिक्रिया