गुराँस, युनियन र प्राइम लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

  मङ्गलबार २६, बैशाख २०८० १२:३९

काठमाण्डौँ । गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ । एकआपसमा गाभिएर यी तीन बीमा कम्पनीले मंगलबारदेखि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

यी कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते र बीमा प्राधिकरणले वैशाख १३ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यी तीन कम्पनी १स्१स्१ अनुपातमा मर्ज भएका हुन् ।

clock मङ्गलबार २६, बैशाख २०८० १२:३९

प्रतिक्रिया