कैलालीमा अनेरास्ववियुले इतिहास रच्यो, अब शिक्षा क्षेत्र सुधार्छौंः शाह

  मङ्गलबार ०७, चैत २०७९ १६:११     विश्वास खबर

धनगढी । नेकपा (एमाले) निकट अनेरास्ववियुका कैलाली जिल्ला अध्यक्ष किशोर शाहले कैलालीमा अनेरास्ववियुले इतिहास रचेको बताएका छन्। महेन्द्रनगर पोष्टसँग कुराकानी गर्दै शाहले यस्तो बताएका हुन्। अध्यक्ष शाहले कैलालीमा अहिलेसम्म अनेरास्ववियुले ५ वटा क्याम्पसमा स्ववियु निवाचन जितेको भन्दै इतिहास कायम गरेको बताए।

‘अनेरास्ववियुले जिल्लाभरमै अहिलेसम्मकै इतिहास कायम गरेको छ। कैलालीमा हाम्रो संगठन सबैभन्दा ठूलो र एक नम्बर संगठन बनेको छ, ’ उनले भने, ‘नेविसंघ लगायतका अन्य संगठनहरुले अहिले चुनावमा सत्ता सरकार र पैसा सबै लगाए। तर हामी केवल विचारको भरमा लड्यौं। हामीले विचारको लडाइ लडेर जितेका हौ। हामीले अब शिक्षा क्षेत्र सुधार, प्रशासन सुधार र समाज परिवर्तनको लडाइ जितेको महसुस भएको छ।’

यस्तै उनले पैसा र पावरको भरमा विचारलाई जित्न सकिदैन भने प्रमाणित भएको पनि जिकिर गरे। आफूहरुे अहिले ७० प्रतिशत मात्र सफल भएको र अबका आगामी दिनहरुमा पनि विद्यार्थीहरुको हकहितका लागि विशेष मिहेनत गर्ने जनाए।

उनले भने, ‘अब हामी शिक्षा क्षेत्रमा रहेका सबै नकरात्मक कुराहरुलाई निस्तेज पार्ने छौं। क्याम्पसहरुमा महंगी बढाउने, एकलौटी गर्ने, शिक्षा क्षेत्रको भ्रष्टाचार, शैक्षिक माफियाविरुद्ध अनेरास्ववियु एक भएर लड्छ। शिक्षा क्षेत्रको भ्रष्टाचार हटाउन हामी लाग्नेछौं।’

त्यस्तै स्ववियुको निर्वाचनले अनेरास्ववियु मात्रै विद्यार्थीहरुको हकहितका लागि लड्ने संगठन हो भनेर प्रमाणित भैसकेको उनले दाबी गरे। नेविसंघले सुदूरपश्चिमका विभिन्न कलेजहरुमा तालाबन्दी गरेको विषयमा भने उनले आफू ९नेविसंघे० नजित्ने देखेपछि तालाबन्दी गरेको बताए। अनेरास्ववियुको लोकप्रियताबाट डराएर चुनावमा जान नसकेर नेविसंघ अराजक गतिविधिमा उत्रिएको उनको भनाइ छ।

clock मङ्गलबार ०७, चैत २०७९ १६:११     विश्वास खबर

प्रतिक्रिया