बाजुरामा सल्लाघारीमा लागेको आगो गाउँ पस्यो, एक घर जलेर नष्ट

  शुक्रबार २१, बैशाख २०८१ ११:३६

बाजुरा। बाजुरामा सल्लाघारी जङ्लमा लागेको आगोबाट एक घरमा आगलागी भएको छ। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ कोटबाडाको सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ बस्ने ४५ वर्षीय मोहन नेपालीको घरमा आगलागी भएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका नगद, खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको छ। आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

clock शुक्रबार २१, बैशाख २०८१ ११:३६

प्रतिक्रिया