धनगढीका नरबहादुरको शव सेती नदीमा फेला

  बुधबार १९, बैशाख २०८१ १४:३६

डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। बुधबार बिहान मृतकको शव फेला परेको हो। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले मंगलबारदेखि खोजीकार्य तीव्र पारेकोमा आज मात्र शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीम भट्टराईले मृतकको शव नुहाउन गएको स्थानबाट करिव २५ मिटरको दुरीमा फेला परेको बताए।

सोमबार शिखर नगरपालिका–८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका–३ मायामेट्रो अस्पताल पछाडि बस्ने करिब ४० वर्षीय नरबहादुर तामाङ डुबेर बेपत्ता भएका थिए। 

उनी सुदूरपश्चिम प्रदेश ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए। सोही क्रममा उनी कार सडक किनारमा रोकी नुहाउन गएका थिए। नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

clock बुधबार १९, बैशाख २०८१ १४:३६

प्रतिक्रिया