गड्डाचौकी नाका भएर घर फर्किदै गरेका दम्पत्ती लुटिए

  बुधबार १९, बैशाख २०८१ १४:३४

कञ्चनपुर। गड्डाचौकी नाका भएर नेपाल फर्किन लागेका एक दम्पत्ती भारतीय सीमानाका बनबासामा लुटिएका छन । भारतको पञ्जावबाट मजदुरी गरेर घर फर्किन लागेका सुर्खेतको बराहाताल गाउँपालिका–७ का मनिराम नेपाली र उनकी श्रीमती सुक्कमादेवी नेपालीलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

“नाकामा बेहोस अवस्थामा प्रहरीले भेट्टाएपछि महाकाली अस्पतालमा लगिएको थियो ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीले भने–“अस्पतालमा उपचारपछि आफन्तको जिम्मा लगाइसकेका छौ ।” नाकामा लुटिएका मनिराम नेपालीले आफुहरुले काक्रा खाएपछि बेहोस भएको बताए ।

“पञ्जावबाट बसमा बनबासासम्म आएका थियौ त्यहाबाट गड्डाचौकीसम्म अटोमा आयौ ।” नेपालीले भने–“अटो बाटोमा रोकिएपछि का्रका खायौ त्यसपछि के भयो थाहा भएन ।” उनले आफुहरु संग भएको रु पन्ध्र हजार भारु,लुगाकपडा र मोबाईल लुटिएको बताए । 

भारतीय सीमावर्ती शहर बनबासानजिकै आम बगैंचामा बेहोस अवस्थामा भेटिएका उहाँहरुलाई भारतीय प्रहरीले नाकासम्म पु¥याएको हो । त्यसपछि नेपाल प्रहरी महाकाली प्रादेशीक अस्पतालमा उपचारका लागि पठाएको थियो । पछिल्लो समय नाकामा नेपाली मजदुरहरु लुटिनेक्रम बढेको छ ।

clock बुधबार १९, बैशाख २०८१ १४:३४

प्रतिक्रिया