डडेल्धुरामा श्रीमतीमाथि श्रीमानले गरे बन्चरो प्रहार

  बुधबार १९, बैशाख २०८१ १३:२१

डडेल्धुरा । डडेल्धुरामा एक महिला श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी छन्।

जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका हुन्। 

मंगलबार श्रीमान्–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा कर्णबहादुरले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको खुलेको छ। घटनापछि श्रीमतीलाई स्थानीयले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी पुगाइएको छ। अहिले उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले उनको अवस्था गम्भीर रहेको बताए। कर्णबहादुरलाई भने मंगलबार नै नियन्त्रण लिइसकेको उनले बताए।

clock बुधबार १९, बैशाख २०८१ १३:२१

प्रतिक्रिया