धनगढीबाट ४० लाखको तस्करीको सामान सहित एक भारतिय नागरिक पक्राउ

  मङ्गलबार १८, बैशाख २०८१ ०७:५७

धनगढी । कैलालीको धनगढीबाट तस्करीको सामान सहित एक भारतिय नागरिक  पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डबेयर एण्ड सप्लायर्सका संञ्चालक भारतको  लखिमपुर जिल्लाको पलिया कला खिरीका ४४ वर्षीय आशिष गुप्ता पक्राउ परेका छन्।

उनलाई भारतबाट भन्सार छलि ल्याएका चोरी पैठारीका सामान सहित पक्र्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनलाई हिजो (आइतवार) साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो। गुप्ता हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएका छन्। गुप्तालाई उनकै हार्डवेयरको गोदाममा भारतिय युपि ३१ टी ७७११ नम्बरको ट्रकमा सामान लोड गर्दै गरोको फेला पारेको थियो।

ट्रकमा लोड गरिरहेका मिक्चर मेसिन, डिस्क डल सात सेट,कल्टीभेट,पम्पीङ टायर, अटो रीक्साका टायर,फट्टा पाइप गरि ४० लाख चार हजार बराबरको सामान बरामद गरिएको छ। बरामद गरेको सामानर र ट्रक सहित मानिसलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ।

clock मङ्गलबार १८, बैशाख २०८१ ०७:५७

प्रतिक्रिया