नाइन ए साइड फुटबल : फारवेष्ट र फ्यान्स जोन विजयी

  बुधबार १४, चैत २०८० २१:३०

धनगढी । धनगढीमा जारी नाइन ए साइड खुल्ला फुटबलमा प्रतियोगितामा बैया फारवेष्ट पशुपति युवा क्लब र फ्यान्स जोन क्याफे  विजयी भएका छन् । 

प्रतियोगितामा फारवेष्ट पशुपति युवा क्लबले बैया बेहडी “वि” लाई २–१ ले पराजित गर्दै विजयी भएको हो भने फ्यान्स जोन क्याफेले जेवाइबिसीलाई २–० ले पराजित गरेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्ने छ भने द्वितीयले नगद ५० हजार सहित ट्रफि मेडल र प्रमाण हात पार्ने छ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ पाउने क्लबका अध्यक्ष महेन्द्र खड्का जानकारी दिए ।

५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा “द” बैयाबेहडी युवा क्लबले फुटबल प्रतियोगिताको आयोजना गरेको हो । चैत्र ८ गतेबाट सुरु भएको प्रतियोगितामा कैलाली कञ्चनपुरका १६ टिमको सहभागिता रहेको छ । 
 

clock बुधबार १४, चैत २०८० २१:३०

प्रतिक्रिया