बाजुराको छेडेदहमा डुंगा पल्टिँदा वीरेन्द्र रावतको मृत्युु

  सोमबार १२, चैत २०८० ०६:४२

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–४ र ७ मा पर्ने छेडेदहतालमा डुंगा पल्टिँदा बेपत्ता भएका खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत मृत फेला परेका छन्।

तालमा अचानक डुंगा पल्टिँदा रावत बेपत्ता भएका थिए। डुंगामा सवार अन्य ६ जनाले भने पौडी खेलेर ज्यान जोगाएका थिए। 

मृत फेला परेका रावतको शव पोष्टमाडमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरीक्षक सुरेश भण्डारीले बताए।

clock सोमबार १२, चैत २०८० ०६:४२

प्रतिक्रिया