डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिला बेपत्ता

  शनिबार १०, चैत २०८० २१:३९

धनगढी । डोटीको शिखर नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर एक जना महिला बेपत्ता भएकी छीन् । 

जिल्लाको शिखर नगरपालिका वडा नम्वर ९ ढुङ्गमा माटोको ढिस्कोमा पुरिएर छोयाकी निर्मला रोस्यारा बेपत्ता भएकी हुन् । 

घर लिप्नका लागि माटो खन्ने क्रममा उनी माटोमा पुरीएको र खोज्ने काम भईरहेका डोटी प्रहरीले जनाएको छ । 

शनिवार दिउँसो करिब साढे तिन बजे तिर रातो माटो खन्ने क्रममा उनि माटोको ढीस्कोले च्यापिएकी हुन । 

उनीसँगै माटो खन्ने तिन जना महिला सकुशल बाहिर निस्कन सफल भएका छन् भने उनको अहिलेसम्म उद्धार हुन सकेको छैन ।

clock शनिबार १०, चैत २०८० २१:३९

प्रतिक्रिया