होलीमा गायक शिव परियार धनगढी रंगशाला (कवर्ड हल) मा आउदै

  शनिबार १०, चैत २०८० १७:०४

धनगढी । चर्चित गायक शिव परियार धनगढी आउने भएका छन् । यस पटकको होली मनाउन लोकप्रिय गायक परियार धनगढी आउने भएका हुन।  रेडियो धनगढी र रकस्टार मिडिया ले आयोजना गर्ने होली उत्सव २०८० मा आफ्नो प्रस्तुति राख्न गायक परियार धनगढी आउने भएका हुन् ।

 गायक परियार धेरै समयको अन्तराल पछी धनगढीमा आफ्नो प्रस्तुती दिदैछन् । धनगढीका दर्शकहरु माझ लामो समय पछी आफ्नो प्रस्तुती दिन पाउँदा उत्साहित भएको गायक परियारको प्रतिक्रिया रहेको छ ।

परियारको ‘बेहोस पछि त होस्मा आउदा क्या दामी भो, फेवातालमा साईली ढुंगा सलल, धोकेबाज हौँ तिमी, आँशुको अर्थ के थाहा, अलिकति अजर तिम्रो’ लगायत सयौँ गीतहरु चर्चीत रहेका छन् ।

कार्यक्रमको पहिलो दिन डिजे कल्पीत, गायक तथा अन्य स्थानिय कलाकारको प्रस्तुतीहरु हुने छन् । दोस्रो दिन पनि गायक परियार सहितका अन्य सांगीतीक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । 

यही चैत्र ११ र १२ गते धनगढी रंगशाला ९कवर्ड हल० मा होली विषेश कार्यक्रम आयोजना हुन लागेको आयोजक संस्था धनगढी खबरले जनाएको छ । 

कार्यक्रममा ५ हजार भन्दा बढी दर्शकको सहभागीता हुने अनुमान आयोजकको रहेको छ । कार्यक्रममा प्रबेश शुल्क पहिलो दिन रु १ सय र दोस्रो दिन रु २०० तोकिएको आयोजकले जनाएको छ । कार्यक्रमको स्थल बाहिर टिकट उपलब्ध हुनेछ । 

clock शनिबार १०, चैत २०८० १७:०४

प्रतिक्रिया