बझाङका बोहरा १९ वर्षमै स्थायी शिक्षक

  शनिबार १०, चैत २०८० ०६:५८

धनगढी । शिक्षक सेवा आयोगले अहिले प्राथमिक तहको शिक्षकको मौखिक एवं अन्तिम परिक्षाको परिक्षाफल प्रकाशन गरिरहेको छ। १९ वर्षको कलिलो उमेरमै नाम निकालेपछि बझाङको बित्थडचिर गाउँपालिका १ का किशोर बोहरा चर्चामा छन्। सम्भवतस् उनी देशकै कान्छा शिक्षक बनेका हुन्।

उनै किशोरलाई अहिले बधाई र शुभकामना थाप्न उनलाई भ्याइनभ्याइ छ। २०७६ सालमा १४ वर्षमा एसईई दिएका किशोर १९ वर्षमा शिक्षक बनेका हुन्। बझाङमै उनका बुबा रामबहादुर पनि शिक्षण पेसामै छन्।

बझाङको केदार माविमा १२ कक्षासम्म पढेका किशोर सानैदेखि पढाइ राम्रो दिए। घरमा बुबा शिक्षक भएर होला उनलाई पनि शिक्षक भएर सेवा गर्ने सपना थियो।

‘सुनकुडा क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा पढ्दै थिएँ। २०७९ मा शिक्षक लाइसेन्स खुलेको थियो। लाइसेन्स लिएँ,’ उनी भन्छन्, ‘२०८० मा शिक्षकको विज्ञापन खुलेको थियो। सिफारिस भएँ।’ दोस्रो पेपरमा नाम ननिस्किएला कि भन्ने डर थियो उनलाई।

र्सलाही जिल्लाबाट खुल्लाको चार नम्बरमै सिफारिस भएका किशोरले भाबिष्यमा माध्यामिक तहको शिक्षक भएर काम गर्ने सपना रहेको सुनाए।

clock शनिबार १०, चैत २०८० ०६:५८

प्रतिक्रिया