कञ्चनपुरमा चितुवा पासोमा परेपछि....

  शुक्रबार ०९, चैत २०८० ०९:२७

कञ्चनपुर । कञ्चनपुरमा चितुवा पासोमा परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा चितुवा पासोमा परेको हो।

बिहीबार राति पासोमा चितुवा पासोमा परेको खबर आएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले जानकारी दिए।

उनका अनुसार चितुवाको खुट्टाको भाग पासोमा अड्किएको छ। वनकर्मी र सुरक्षाकर्मी चितुवालाई रुँगेर बसेका छन्। 

उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको डार्ट टोलीलाई खबर गरिएको उनले बताए।

‘पासोमा परेको चितुवालाई डार्ट गरेर उद्धार गरिन्छ। निकुञ्जलाई खबर गरिएको छ’, उनले भने, ‘टोली चितुवा पासोमा परेको ठाउँमा पुग्दै छ।’

clock शुक्रबार ०९, चैत २०८० ०९:२७

प्रतिक्रिया