दार्चुलाको महाकाली नदीमा भारतीय नागरिक मृत फेला

  शुक्रबार ०९, चैत २०८० ०७:३९

दार्चुला । दार्चुलाको महाकाली नदीमा भारतीय नागरिक मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका–५ ठड्याकाठो सडकदेखि एक सय मिटर तल महाकाली नदीमा भारतका २५ वर्षीय प्रेम सिंह नेगीको शव फेला परेको हो।

प्रहरीका अनुसार भारतको विथौरागढ चैसिल धारचुला जिप्टीका नेगीको शव बिहिवार दिउँसो नदीको ढुङ्गाको बिचमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय, दार्चुलाले घटनाको विषयमा थप अनुसन्धान गर्दैछ।

clock शुक्रबार ०९, चैत २०८० ०७:३९

प्रतिक्रिया