बैतडीमा कोदालो प्रहारबाट तीन जना घाइते

  बिहिबार ०८, चैत २०८० १५:०५

धनगढी । बैतडीमा कोदालो प्रहारबाट श्रीमतीसहित तीन जना घाइते भएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–७ का ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गर्दा तीन जना घाइते भएका हुन्।

धामीकी ५६ वर्षीया श्रीमती पार्वती, डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट कोदालो प्रहारबाट घाइते भएका हुन्।

बिहिवार बिहान ९ बजे धामीले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएका प्रहरीले बताएको छ। उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुँदैछ।

उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको छ। धामीले कोदालो प्रहार गर्नुको कारण खुलेको छैन। उनी प्रहरीको नियन्त्रणमा छन्। घटनाको अनुसन्धान सुरु भएको छैन।

clock बिहिबार ०८, चैत २०८० १५:०५

प्रतिक्रिया