सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा धनगढीमा सार्वजनिक

  मङ्गलबार १२, बैशाख २०८० १८:५९     विश्वास खबर

धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक गरिएको छ । सुदूरपश्चिमका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक प्राप्ति अटोमोटिभले दुवै गाडी सुदूरपश्चिममा भित्र्याएको हो ।

 ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी नेपाल उद्योग बाणिज्य महासघका केन्द्रिय सदस्य तथा कैलाली उद्योग बाणिज्य सघका अध्यक्ष पुष्पराज कुवरले सार्वजनिक गरेका हुन । कम्पनीका अनुसार नेपालमा भित्र्याइएको ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्रान्डको बहुप्रतिष्ठित मोडेल हो ।

यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्ग्वेज’ को प्रयोग गरिएको प्राप्ति अटोमोटिभ कार्यकारी निर्देशक श्याम ओझाको भनाई छ । जसका कारण अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको उनको भनाइ छ ।

सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

पुरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने कम्पनीले बताएको छ ।  

नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू रहेका कारण शहर र बाहिर सडकहरूमा चलाउँदा उपयोगी हुने कम्पनीले बताएको छ । प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकहरुले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ-नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने भएकोले नयाँ ग्रान्ड भिटारा र ब्रेजा गाडी उनीहरुका लागि गेम चेन्जर हुने उनको दाबी छ ।

ग्राण्ड भिटारा र नयाँ ब्रेजाका यस्ता छन् विशेषता 

नेपालका लागि सुजुकी व्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा CG|Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG|Motocorp तथा CG|NXTGEN ले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र “ब्रेजा“ सार्वजनिक गरेको छ। सो सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ। ‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै"Crafted Futurism Design Language" को प्रयोग गरिएको छ जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ। सुजुकीको लेजेण्डरी All-Grip टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ। साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ। ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने "Full Hybrid" प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ। 

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो। ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ। नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन्।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ। यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ अयलमष्तष्यलक हुन जसको लागि एसयूभी उचित हुन्छ । साथै ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन। सेगमेन्ट–फर्स्ट सुविधाहरू,प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा GAME CHANGER हुनेछ ।“

 

clock मङ्गलबार १२, बैशाख २०८० १८:५९     विश्वास खबर

प्रतिक्रिया