टिकापुर क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण

  मङ्गलबार १२, बैशाख २०८० १४:१९

टीकापुर । सुदूरपश्चिमको टीकापुर बहुमुखी क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण भएको छ ।

महालेखापरिक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिनम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसको ३ सय ८० बिघा जग्गा रहेकोमा ३ सय बिघा जग्गा अतिक्रमण भएको हो ।

 २०६२ सालमा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि ३ सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भएपनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गरिरहेको छ ।

अन्य ३ सय बिघा जमिन राजनीति आडमा मुक्त कमैया तथा सुकुम्बासीको नाममा अतिक्रमण भएको छ।क्याम्पसको जमिन अतिक्रमण हुनु दुस्खद भएको टीकापुर क्याम्पसले जनाएको छ। जग्गामा अहिले करिब १ हजार ५ सय घर–परिवारले टहरा बनाएर क्याम्पसको जमिन हड्पेका छन् ।

जग्गा अभावका कारण विद्यार्थीहरूको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन समेत निर्माण गर्न नसकेको टीकापुर क्याम्पसले जनाएको छ ।

clock मङ्गलबार १२, बैशाख २०८० १४:१९

प्रतिक्रिया