स्ववियू निर्वाचनः सुदूरपश्चिमका अधिकाँस क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार विजयी

  सोमबार ०६, चैत २०७९ ११:३७

धनगढी । स्वतन्त्र विद्याथी युनियनको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका अधिकाँस जिल्लाको क्याम्पसमा अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवार निर्वाचित भएका छन् । आईतबार सम्पन्न मतदानको सोमबार विहानसम्म २२ क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा बैतडी, बझाङ, दार्चुला र कैलालीमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका हुन् ।

बैतडीको नवप्रभात बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी रेखा घटाल, श्रीकोट बहुमुखी क्याम्पसमा शम्भुराज गिरी र सेटीगाउँ बहुमुखी क्याम्पसमा मोहन बोहरा निर्वाचित भएका छन् । बझाङको थलारा बहुमुखी क्याम्पसमा महेश जेठारा, सेती क्याम्पसमा लक्ष्मण गिरी र सुनकुडा क्याम्पसमा दिलीप अधिकारी निर्वाचित भएका छन् भने दार्चुलाको कृष्ण स्नातक क्याम्पसमा हेमन्ती जोशी निर्वाचित भएका छन् ।

कैलालीको नौ वटा क्याम्पसमा भएको निर्वाचनमा सोमबार विहानसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार पाँच वटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन ।

कैलालीको बुलबुले बहुमुखी क्याम्पसमा पुष्पा खाती, खप्तड बहुमुखी क्याम्पसमा पुष्कर अवस्थी, चौमाला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा, लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना (मोटी दिदी), ऐश्वर्य बहुमुखी क्याम्पसमा कुबेर खड्का निर्वाचित भएका छन् । कञ्चनपुरको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसमा दिलेन्द्र प्रशाद बडु र कञ्चन बहुमुखी क्याम्पसमा देव बहादुर साउँद निर्वाचित भएका छन भने डोटीको खप्तड आदर्श क्याम्पसमा श्याम विक निर्वाचित भएका छन् ।

यस्तै नेपाल विद्यार्थी संघका उम्मेदवार डडेल्धुरामा निर्वाचित भएका छन् । डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार दुर्गा प्रसाद भट्ट निर्वाचित भएका हुन । यस्तै कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघका कृष्णराज जोशी र महाकाली बहुमुखी क्याम्पसमा निरज भण्डारी निर्वाचित भए । डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसमा नेविसंघका निर्मल बम निर्वाचित भएका हुन ।

अखिल क्रान्तिकारिका उम्मेदवार प्रदेशका तीन वटा क्याम्पसमा विजयी भएका छन् । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुन खत्री, कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसमा सरस्वती तिरुवा र जनता बहुमुखी क्याम्पसमा मनोज साउद निर्वाचित भएका हुन ।

clock सोमबार ०६, चैत २०७९ ११:३७

प्रतिक्रिया