बैतडीमा रुखबाट खसेर युवकको मृत्यु

  शनिबार ०३, चैत २०८० २१:४६

बैतडी। बैतडीमा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ । बैतडीको सिगास गाउँपालिका वडा नं ७ कुलाखोलाका अन्दाजी ३६ वर्षिय युवक हरिभान ऐेरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।

शनिवार बिहान ६ बजे तिरको समयमा आफ्नै घर नजिकैको खरबारीमा वस्तुभावका लागि स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय पारिवारिक स्रोतले जनाएको छ । 

मृतक ऐेरका घरमा श्रीमती र ४ छोराछोरी रहेको बताइएको छ । गत बिहीवार पनि सिगास गाउँपालिका वडा नं ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको थियो ।

clock शनिबार ०३, चैत २०८० २१:४६

प्रतिक्रिया