दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते

  बिहिबार ०१, चैत २०८० १८:४८

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

बिहीवार लेकम गाउँपालिका–५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।

उक्त दुर्घनामा परेर गाडीमा सवार रहेका अन्दाजी २४ वर्षीय धनबहादुर बोहरा घाइते भएका छन्। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। 

गाडीमा चालकसहित ४ जना सवार रहेकोमा अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ। गाडी अनयन्त्रित भएर दुर्घटना भएको हो।
 

clock बिहिबार ०१, चैत २०८० १८:४८

प्रतिक्रिया