एमाले बैतडीको अध्यक्षमा नरेश विक चयन

  मङ्गलबार २९, फागुन २०८० १८:५५

बैतडी । नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश विक चयन भएका छन्। उनी नवौँ अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। 

सोमबारदेखि सुरु भएको अधिवेशनले विकसहितका पदाधिकारीलाई सर्वसम्मत चयन गरेको हो।

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप–सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन्। 

पदाधिकारीको टीम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकांक्षी देखिएपछि छलफल जारी छ। 

सदस्यहरुमा समेत सर्वसम्मत चयन गर्ने प्रयास थालिएको छ।

clock मङ्गलबार २९, फागुन २०८० १८:५५

प्रतिक्रिया