अछामको मंगलसेनमा कैलालीको लम्कीका बृद्ध मृत फेला

  सोमबार २८, फागुन २०८० १५:१९

अछाम । मंगलसेनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मंगलसेन नगरपालिका –३ खारखोला जंगलमा मृत अवस्थामा भेटिएका हुन् । 

मृतकसँग फेला परेको सामाजिक सुरक्षा भत्ता परिचपत्रअनुसार कैलालीको लम्की चुहा नगरपालिका –५ का जहरे सुनार रहेको बताइएको छ । 

परिचयपत्रमा २००० साल चैत ३० गते जन्ममिति लेखिएको भेटिएको पूर्व वडाअध्यक्ष पदमसिंह भाटले जानकारी दिनुभयो । 

प्रहरीले घटनास्थलको मुचुल्का तयारगरी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा लगिएको बताइएको छ । 

पूर्व वडाअध्यक्ष भाटका अनुसार महिला घाँस काट् खारखोला जंगल गएको बेलामा शव देखेपछि स्थानीय गएर हेरेपछि प्रहरीलाई जानकारी दिएका थिए । 

शव कम्तिमा १५ दिनअघिको हुन सक्ने पूर्व वडाअध्यक्ष भाटको भनाइ छ । अछामबाट बसाइसराई गरी तराई गएको हुनसक्ने अनुमान गरिएको भए पनि आफन्तका बारेमा पत्ता नलागेको बताइएको छ । मृतकका आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

clock सोमबार २८, फागुन २०८० १५:१९

प्रतिक्रिया