हल संचालकले असहयोग गरेको भन्दै चलचित्र काँडेतारको प्रदर्शन बन्द

  शनिबार २६, फागुन २०८० २०:१२

काठमाडौं । हलवालाले असहयोग गरेको भन्दै नेपाली चलचित्र काँडेतार बन्द गर्ने निर्णय गरिएको छ ।

काँडेतारका निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर हल संचालकले असहयोग गरेको भन्दै आइतबारदेखि देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् ।

काँडेतार शुक्रबारदेखि प्रदर्शनमा आएको थियो । शुक्रवारदेखि नै प्रदर्शनमा आएका ‘उपहार’ र ‘रंगेली’ लाई धेरै शो दिइएको तर काँडेतारलाई कम दिइएको भन्दै खडकाले असन्तुष्टि जनाएका छन् ।

खड्काले ‘काँडेतार’लाई फागुन २५ गते एकल प्रदर्शन गर्न दिन भन्दै चलचित्र विकास बोर्डमा निवेदन समेत दिएका थिए ।

काँडेतारमा सीमा अतिक्रमणको मुद्दा उठाइएको छ । खडकाले यसअघि आवाज, दशगजा र भीमदत्तजस्ता चलचित्र बनाएका थिए ।

clock शनिबार २६, फागुन २०८० २०:१२

प्रतिक्रिया