धनगढी रंगशालामा सेनाको तीनदिने शैनिक प्रर्दशनी सुरु (तस्वीरहरु)

  शनिबार २६, फागुन २०८० १९:५५

धनगढी । नेपाली सेनाको पृतना हेडक्वार्टर तेघरी कैलालीले २६१ औं वार्षिकोत्सव तथा सेना दिवश मनाएको छ । धनगढीको रंगशालामा प्रदेश प्रमुख देवराज जोशीले एक कार्यक्रमका बीच शनिबार पानसमा दीप प्रज्वलन गर्दै वार्षिकोत्सवको उद्घाटन गरेका छन ।

तीन दिनसम्म मनाईने सेना दिवशमा नेपाली सेनाले प्रयोग गर्ने हतियार, ट्यांक, दैविप्रकोप उद्धारमा प्रयोग हुने सामाग्री, निकुञ्ज सुरक्षा सामाग्री, आफ्नो प्राविधिक रुपमा प्रयोग हुने कुराहरु प्रदर्शनीमा राखेको छ ।

सुदूरपश्चिम पृतना हेडक्वार्टरले यसलाई विविध शैनिक प्रदर्शनी तथा युनीटि रन २०८० नाम दिएको छ । आफ्नो नेपाली सेनाका बारेमा जनताले पनि जानून भन्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको पृतना हेडक्वार्टरले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली सेनाका विभिन्न कलाकौसलहरु, विभिन्न झाँकीहरु र नृत्यहरु प्रस्तुत गरिएका थिए । सोमबार युनीटि रन हुने कार्यक्रम रहेको छ । त्यसमा विभिन्न उमेर समुहका ब्यक्तिहरुको दौड हुने छ ।

मावि तहका लागि ५ किलोमिटरको दौडको आयोजना गरिएको छ । दौडमा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई १५ हजार देखि ५ हजार पुरुस्कारको पनि ब्यवस्था गरिएको छ ।

कार्यक्रममा विशिष्ठ अथिति प्रदेशका मुख्यमन्त्री थिए भने सभामुख, मन्त्रीहरु, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालयका विद्यार्थी लगायत आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

 फोटोः कमल सावद

clock शनिबार २६, फागुन २०८० १९:५५

प्रतिक्रिया