डडेल्धुराबाट अत्तरिया आइरहेको भ्यान दुर्घटना

  बुधबार २३, फागुन २०८० १५:३४

डडेल्धुरा । डडेल्धुराबाट कैलालीको अत्तरियातर्फ गइरहेको इलेक्ट्रिक भ्यान दुर्घटना भएको छ ।

बुधबार दिउँसो गोदावरीको भ्यागुत्ते पानीमा सुपप्र ०२००१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ४ जना यात्रु घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । 

उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ ।ब्रेक लगाउँदा भ्यान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

clock बुधबार २३, फागुन २०८० १५:३४

प्रतिक्रिया